काठमाण्डौ, साउन ११ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन ढिलाइ गरेको विषयमा परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । एसपीपीका विषयमा छलफल गर्न बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्ता गठबन्धनको प्रमुख घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग जवाफ माग्नुपर्ने बताएका हुन् । उनले यस विषयमा रक्षा मन्त्रालयका सचिवसँग पनि जवाफ माग्नुपर्ने बताए ।
सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरी परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गर्ने निर्णय गरेको थियो । तर परराष्ट्र मन्त्रालयले भने उक्त पत्र अध्ययन भइरहेको भन्दै अमेरिका पठाएको छैन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com