काठमाण्डौ, साउन १२ । सिके राउत ओशो सन्यासी बनेका छन् । कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका राउत सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट राउतले दीक्षा लिएर ओशो सन्यासी बनेका हुन् ।
तराईमा क्रियाशील जनमत पार्टीका अध्यक्ष समेत रहेका राउत काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म पूर्णरुपमा ध्यानमा बसे । त्यसपछि उनले सन्यास धारण गरेका हुन् । सन्यासपछि राउतले ‘आनन्द मैत्रय’ नयाँ नाम पाएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com