काठमाडौं, साउन १३ । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले परराष्ट्रमन्त्री डा.नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको बताएपछि पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।
सांसद पवित्रा निरौला खरेलले भनिन्, ‘नेपाल सरकारले अमेरिकालाई पठाएको पत्र यो गरिमामय सदनमा पढेनर सुनाउनुपर्छ ।’ अर्का सांसद सूर्यप्रसाद पाठकले पनि एसपीपीबारे पठाइको पत्र सार्वजनिक गर्न माग गरे ।
सांसद घनश्याम खतिवडाले पनि संसदले पत्रबारे पनि जानकारी पाउनुपर्ने बताए । जनताको सार्वभौम सम्पन्न संसदले त्यो जानकारी राख्न पाउनुपर्छ कि पर्दैन ? भन्दै खतिवडाले प्रश्न गरे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com