काठमाण्डौ, साउन १७ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति जनाएको छ ।
आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद विशाल भट्टराईले सरकारले विप्लवसहितका नेताहरुलाई कारबाहीका लागि पत्र पठाएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘शान्ति प्रक्रियामा आएको दललाई सरकारले पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको छ । ’
एमालेले तत्काल पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई ध्यानाकर्षण समेत गराएको छ । सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव दलहरुलाई शान्तिपथमा ल्याउन तत्कालीन एमाले नेतृत्वको सरकारले धेरै मेहनत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com