काठमाण्डौ, साउन १९ । सप्तरीमा करेन्ट लागेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
बुधबार बेलुकी करेन्ट लागेर कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदारको मृत्यु भएको छ । उनीहरु ससुरा–बुहारी हुन् ।
इलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार अन्जलीलाई आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com