काठमाण्डौ, साउन २० । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न सत्तारुढ पाँच दलीय दलले ११ सदस्यीय कार्यदल बनाएको छ । आज बसेको गठबन्धनको बैठकले कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङलाई राखेको छ ।
त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदल सदस्यमा छन् ।
राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदलका सदस्यले सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्ने छ । कार्यदलले तयार गरेको प्रस्तावको आधारमा नै सिट बाँडफाँड गरिने भएको छ ।
आगामी मंसीर ४ गतेको चुनावी तालमेलका लागि कार्यदल बनाउने सत्ता गठबन्धनबीच सहमति भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com