काठमाण्डौ, साउन २१ । विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिने विषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
जापान भ्रमणमा रहेका प्रचण्डले आज त्यहाँ आयोजित एक कार्यक्रममा बोल्दै अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा दलहरुबीच छलफल भईरहेको बताएका हुन् ।
यस्तै, अध्यक्ष प्रचण्डले भर्खरै पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको बताए । चुनावपछि स्थिर र बलियो सरकार बन्ने अध्यक्ष प्रचण्डको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com