साउन, २२ । नेकपा एमालेले निर्वाचन घोषणापछि कामचलाउ सरकारले संसदलाई बिजनेस दिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका हुन् ।
उनले नियमित सरकारले जस्तो संसदलाई बिजनेस दिने विषय अनुचित भएको बताए । कामचलाउ बनेको सरकारले संसदलाई बिजनेस दिने र त्यो बिजनेस, नयाँ विधेयक दिने अनि यहाँ उठेका प्रश्नहरूको जवाफ दिने र छलफल गर्न मिल्छ भन्दै नेता ज्ञवालीले प्रश्न गरे ।
उनले निर्वाचन घोषणालगत्तै कामचलाउमा परिणत भएको सरकारले नियमित जसरी अगाडि बढ्न नहुने बताए । लामो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र जबराविरुद्धको महाभियोग अगाडि नबढाएकोमा पनि ज्ञवालीले आपत्ति जनाए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com