साउन २२ । शेयर बजार परिसूचक (नेप्से) परिसूचक आज १०.२७ अंकले बढेको छ ।
लगातार घटेको नेप्से आज दोहोरो अंकले बढेर बन्द भएको हो । सेयर बजार ०.४९ प्रतिशतले बढेपछि नेप्से परिसूचक २१ सय २३ अंकमा पुगेको छ ।
आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भइ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँको किनबेच भए । नेप्से १० अंकले बढ्दा आज जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । यो समूहमा भने आज ४.५५ अंकको गिरावट आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com