साउन २२ । नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरालाई नेकपा एमालेले बचाउँन खोजेको आरोप लगाएको छ ।
माओवादीले प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगका सम्बन्धमा प्रष्ट नबोलेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेमाथि प्रश्न उठाएको हो । प्रतिनिधि सभामा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले एमालेले प्रष्ट नबोलेर एमालेले जबरालाई बचाउन खोजेको आरोप लगाए ।
उनले भने, ‘प्रतिपक्ष आज जिब्रो चपाएर बोलिरहेको छ । प्रतिपक्ष चोलेन्द्रलाई जोगाउन चाहिरहेको छ । सिधै बोल्दा जनताले बुझ्लान भनेर जिब्रो चपाएर बोलिरहेको छ ।’
माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले महाअभियोग प्रस्तावमाथिको छलफल अगाडि बढाउनमा ढिलाइ भएको स्वीकार गरिन् । महाअभियोग पास गराउनका लागि प्रमुख प्रतिपक्षको पनि साथ आवश्यक रहेको भन्दै उनले नैतिक रुपमा जिम्मेवार बन्न एमालेलाई आग्रह गरिन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com