साउन २३ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक आज बस्दै छ ।
सिट बाँडफाँटको मोडालिटी तयार पार्न कार्यदलको बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने तयारी गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए । सत्ता गठबन्धनका पाँच दलले आगामी मंसीरमा हुने निर्वाचनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com