साउन २३ । सरकारले असमान तलब वृद्धि गरेको भन्दै सिहंदरबारभित्रका निजामती कर्मचारीहरूले आन्दोलन गरेका छन् । सिंहदरबारभित्रका नासु र खरिदार तहका कर्मचारीहरुले आन्दोलन गर्दै आज ‘पेन डाउन’ गरेका हुन् । ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईले बताए ।
अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।
नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा दिनसक्ने उनीहरुको चेतावनी छ । मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com