साउन २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी चुनावमा जुम्लाबाट उड्ने भएका छन् । आज काठमाडौंमा कार्यक्रम गर्दै शाहीले प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने ‘काठमाडौं क्षेत्र नम्बर १ र २ का साथै चितवन, रुपन्देही, झापा, कैलालीमध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्न पार्टी नेताहरुले आग्रह गर्नुभयो तर, मैले मातृभूमि रोजे ।’
सरकारले आगामी मंसीर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति घोषणा गरिसकेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com