साउन २३ । संघीय निजामति सेवा ऐनविरुद्ध नासुहरुले आज पनि आन्दोलन गरेका छन् । देशभरका नायब सुब्बा अर्थात नासुहरु संघीय निजामति सेवा ऐन संशोधन गरि आफ्ना माग पुरा गर्न भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
आज बिहान १० बजेदेखि ११ बजेसम्म उनीहरुले पेन डाउन गरेका छन् भने त्यसपछि संघीय मामिला मन्त्रालयमा धर्ना दिएका छन् । संघीय मामिला मन्त्रालयले तयार पारेको निजामति ऐनको संशोधनमा नायब सुब्बाहरूले असन्तुष्टि जनाएका हुन् ।
लामो समय एउटै पदमा रहेर काम गरेका नायब सुब्बाहरूलाई अधिकृत बन्ने बाटो बन्द गर्न लागेकाले आन्दोलन गर्नुपरेको नासु पशुपति पोखरेलले बताए । उनले भने, ‘निजामति ऐनले अधिकृत पदका लागि नायब सुब्बाबाट आन्तरिक प्रतिष्पर्धा गर्ने बाटो बन्द गरिदिएको छ, यो संशोधन हुनुपर्छ, नभए हाम्रो आन्दोलन जारी रहन्छ ।’
हाल कार्यान्वयनमा रहेको संघीय निजामती ऐन, २०४९ मा अधिकृत पदमा रिक्त जनशक्ति पदपूर्ति गर्दा खुलाबाट ७० प्रतिशत र नायब सुब्बाबाट बढुवा गर्नेगरी ३० प्रतिशत लिने व्यवस्था छ ।
त्यसैगरी उनीहरुले सरकारले वृद्धि गर्न लागेको नयाँ तलब मानका सम्बन्धमा पनि आपत्ति जनाएका छन् । सरकारले बजेट भाषणमा घोषणा गरेको १५ प्रतिशत तलब वृद्धिलाई कार्यान्वयनमा नलागी करिब २५ प्रतिशतसम्म तलब बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com