
साउन, २९ । काठमाडौंका सडक र फुटपाथमा थुप्रिएको फोहोर भारी वर्षाले गर्दा छरपस्ट भएको छ । पुतलीसडक, जमल, सिनामंगललगायतका ठाउँमा थुपारिएको फोहोर पानीमा डुबेर छरपस्ट भएको हो । हिजोदेखि परेको पानीले सडक छेउमा थुप्रिएको फोहोर पानीमा तैरिएर छरपस्ट भएको छ ।
सहरका मुख्य चोकहरु फोहोरको डंगुरले अस्तव्यस्त छन् भने दुर्गन्ध फैलिएको छ । काठमाडौं महानगरपालिकाको फोहोर करिब एक महिनादेखि यता सहज ढंगले उठेको छैन ।
यता, महानगरले भने कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने दाबी गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com