साउन, २९ । नेकपा एमाले केन्द्रीय सदस्य कोमल वली दाङ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएकी छिन् । एमालेका नेता हिराचन्द्र केसी नेकपा एकीकृत समाजवादीतिर गएपछि वलीले एमालेबाट चुनाव लड्ने तयारी गरेकी हुन् । केसीले पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन् । यता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले समेत सो क्षेत्रमा दाबी गरेका छन् ।
वलीले भनिन्, ‘तीन नम्बर क्षेत्रबाट चुनाव लड्ने भएपछि वलीले पछिल्लो समय दाङमै बसेर राजनीतिक गतिविधिलाई अघि बढाउँदै छु ।’ एमालेबाट वलीसहित तुलसीपुर उपमहानगरका निवर्तमान मेयर घनश्याम पाण्डेले पनि दाबी गरेका छन् ।
जिल्लाको पालिकामा एमाले निक्कै कमजोर भएपनि वडा अध्यक्षको मतका आधारमा एमाले पहिलो बनेको छ । काँग्रेस दोस्रो र माओवादी तेस्रोे छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com