साउन, ३० । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधब सापकोटा ‘सुबोध’ले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा बर्षातले पुर्याएको क्षतिबारे अनुगमन गरेका छन् ।
गएको साता परेको भारी वर्षाका कारण नगरपालिकाका बस्ती तथा सडकमा क्षति भएपछि नेता सुबोध अनुगमनका लागि गाउँ पुगेका हुन् । वर्षाले नगरपालिकाका केही बस्तीमा ठूलो क्षति पुर्याएपछि बाढि पहिरो पिडितका गुनासा सुन्न उनी आज सिन्धुपाल्चोक पुगेका हुन् । उनले बाढि पहिरोले क्षति पुर्याएका वडा नम्बर १० मा पर्ने हर्रे, जल्किने र जंगल छापका बस्तीको अवलोकन गरेका छन् ।
सोही क्रममा पहिरो पिडितले आफुहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् । नेता सुबोधले उनीहरुका गुनासा सुन्दै राहत र संरक्षणका लागि आफुले पहल गर्ने आश्वासन दिए । गत साता परेको भारी वर्षाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको हर्रे र जल्किनेका करिब १५ घर उच्च जोखिममा परेका छन् । पहिरोले विस्थापित परिवारहरु अहिले अस्थाई टहरामा बसोबास गर्दै आएका छन् ।
मन्दिर, पोल्ट्रिफार्म, विद्यालय र सडकमा समेत वर्षाले क्षति पुर्याएको छ । जल्किने–कदम्बास– भैँसे सडकखण्डको विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याएको छ । पिडितहरुको अहिले नगरपालिकाले लगत संकलनको काम गरिरहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com