साउन, ३० । आमुल परिवर्तन मसिह पार्टीले आगामी चुनावको लागि रणनीति बनाउन पार्टीमा छलफल थालेको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रिय कमिटि बैठकले आगामी चुनावमा कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउन छलफल थालेको हो ।
पार्टी अध्यक्ष भरत गिरिको अध्यक्षतामा बसेको बैठकले ७ सदस्यीय निर्वाचन परिचालन कमिटि बनाएको छ । त्यसको संयोजकमा अध्यक्ष गिरि नै रहेका छन् । सोही कमिटिले चुनावी रणनीतिसहितका काम गर्ने पार्टीका कोषाध्यक्ष सोम नोर्बु शेर्पाले जानकारी दिए ।
यस्तै, बैठकले आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा साना दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय पनि गरेको छ ।
कोषाध्यक्ष शेर्पाले अर्को बैठक बसेर आगामी मंसीरमा हुने चुनावका लागि पार्टीले थप रणनीति तय गर्ने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com