साउन, ३१ । शेयर बजारमा फेरि आज गिरावट आएको छ । लामो समयपछि हिजो बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ४१ दशमलव शून्य ६ विन्दुमा झरेको छ ।
आज दुई सय २१ वटा कम्पनीको ६४ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको चार करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com