भदौ, १ । आगामी चुनावपछि नेकपा एकीकृत समाजवादी नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि तयार भएको छ । एकताका लागि संयोजन समिति बनाउन नेकपा एस तयार भएको हो । आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको हो ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए ।
त्यस्तै, भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने र भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com