भदौ, ४ । नेपाल घरेलु तथा साना उध्योग महासंघ र भारतको उडिसा राज्यको The Utkal Chamber of Commerce and Industries (UCCI) बीच संस्थागत सहकार्य गर्ने समझदारी भएको छ । आज काठमाण्डौको होटल हायात होटलमा नेपाल घरेलु तथा साना उध्योग महासंघका तर्फबाट अध्यक्ष उमेशप्रसाद सिंह र (UCCI) को तर्फबाट संस्थाका अध्यक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
संस्थागत समझदारी पत्रमा अगामी दिनमा दुबै पक्ष बिचको सहकार्य बढाउदै लैजाने उल्लेख छ । त्यस्तै, एक–अर्काबिच र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्यापार अभिवृद्धि गर्न सघाउने र दुबै संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धी गराउन साझेदारी गर्ने सहमति भएको छ ।
कार्यक्रममा नेपाल घरेलु महासंघका पूर्व अध्यक्ष श्याम गिरीसहित महासंघका पदाधिकारी सहितको उपस्थिती रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com