भदौ, ६ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा सुबोधले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको विभिन्न बस्तीमा पहिरोको जोखिम उच्च रहेको भन्दै स्थानीय सरकारलाई त्यसतर्फ ध्यान दिन ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता सुबोधले गएरातिको वर्षाले गाउँपालिकाका विभिन्न बस्ती आसपासमा गएको पहिरोले जोखिम बढाएको भन्दै विपद् व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकार र जिल्ला बिपद ब्यबस्थापन समितिको ध्यानाकर्षण गराएका हुन् । उनले जोखिममा परेका बस्तीका नागरिकलाई राहतको व्यवस्थापन गर्न र दिगो ब्यबस्थापनको लागि आग्रह गरेका छन् । पहिरोले मानविय बस्ती समेत जोखिममा परेकाले स्थानीय नागरिकहरुलाई उच्च सर्तकर्ता अपनाउन अपील समेत गरेका छन् ।
गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोकको जुगल गाँऊपालिका–३ र ४ वडाका सुकपती सेप्सुहा, खानीगाउँ, स्याउगाउँ आसपासमा पहिरो गएको छ । पहिरोका कारण तल्लो तटिय क्षेत्र मान्जेको बस्ती नै जोखिममा परेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com