भदौ, ७ । बन्द गराउन हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ कार्यकर्ता कुटिएका छन् । काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका हुन् । बनेपा नगरपालिकास्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्द गराउन चारदोबाटोमा भेला भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिँदै थियो । प्रहरीको घेरा तोडेर अघि बढेका पल राउतले बा ३ ख २२६ नम्बरको बस तोडफोड गर्न थालेपछि बसका स्टाफ र स्थानिय मिलेर उनलाई आक्रमण गरेका हुन् । बनेपाबाट सवारी साधन बन्द गराउन खोज्ने राउत सहित ८ जनालाई पक्राउ गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com