भदौ, ७ । काठमाडौं महानगरपालिकाको कार्यालय अगाडी फुटपाथ व्यापारीले नाराबाजी गरेका छन् । महानगरपालिकाले साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले कार्यालय अगाडी नाराबाजी गरेका हुन् ।
उनीहरुले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबासको ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गर, विना विकल्प धोका दिन पाइदैन जस्ता नारा लगाएका छन् ।
स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति बनाएर उनीहरु मेयर बालेन शाहलाई ज्ञापन पत्र बुझाउन महानगर पुगेका थिए । तर, मेयर बालेनले वास्ता नगरेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने, प्रशासनको तर्फबाट भइरहेको अमानवीय व्यवहार बन्द गरी यसअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।
एक हप्ताभित्र माग पूरा नगरे अझै चर्को आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
काठमाडौं महानगरले केही समयता फुटपाथमा व्यापार बन्द गराएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com