भदौ, ८ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको शाहीद नरनाथ आधारभूत विद्यालयले विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरेको छ । विद्यालयमा स्थापना गरिएको साझा अक्षयकोषबाट कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण गरिएको हो । आज भएको एक कार्यक्रममा गाउँपालिकाका उपप्रमुख बिना राईले विद्यालय पोषाक वितरण गरिन् । विद्यालयमा अध्ययनरत ६५ जना छात्रछात्राले विद्यालय पोषाक पाएका छन् ।
कोषका संरक्षक संयोजक नीर कुमार शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो । विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्धेश्यले साझा अक्षयकोष स्थापना गरिएको छ । अभिभावक, अभिभावकहरुले स्थापना गरेको साझा अक्षयकोषबाट विद्यालयमा शैक्षिक सामाग्रि वितरणलगायतका काम गर्दै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com