भदौ, ९ । पछिल्लो समय काठमाण्डौ महानगरपालिकाले अवैध रुपमा बनाइएको संरचनाहरु धमाधम भत्काउन थालेको छ । महानगरले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ । हिजो काठमाण्डौ मलसहितका केही ठाउँमा बनाइएका अवैध संरचना भत्काइएको थियो । अनधिकृत संरचना हटाउन आज बिहान पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सहितको टोली शंखमूल र बानेश्वरमा पुगेका छन् ।
अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरीले शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेका छन् । बानेश्वर र शंखमुल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउँमा पनि बालेन पुगेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com