भदौ, ९ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य माधब सापकोटा ’सुबोध’ले ग्रामिण भेगका नागरिकको सुख दुःखको साथी भनेकै सहकारी भएको बताएका छन् । आज सिन्धुपाल्चोकको बलेफि गाँउपालिका स्थित समाज सुधार महिला बिकास बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा तथा तीज बिशेष कार्यक्रममा बोल्दै नेता सुबोधले सहकारी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तै रहेकाले समाजवादको आधाशीला सहकारी भएको धारणा राखे । यस्तै, कार्यक्रममा उनले सहकारीलाई व्यवस्थित बनाउन भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
यस्तै, कार्यक्रममा बोल्दै माओवादीका केन्द्रिय सदस्य अमृता नेपाल ’प्रभा’ले संस्कार संस्कृतिको अनुसरण गर्दा अन्धबिश्वासलाई हटाई राम्रो कुराको मात्रै अनुसरण गर्नुपर्नेमा जोड दिइन् । उनले आउँदै गरेको तीजलाई भड्किलो नबनाउन दीदीबिहिनीलाई आग्रह समेत गरेकी छन् । कार्यक्रममा बलेफी गाँउपालिका अध्यक्ष गंगा तामाङले आगामी दिनमा सहकारीलाई आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट महिला बचत र बाल बचतकर्ताहरुलाई सम्मान समेत गरिएको छ । २०६४ सालमा स्थापना भएको सहकारीमा अहिले ५०५ जना शेयर सदस्यहरु रहेका छन् ।
देबकी पौडेलको अध्यक्षतामा सहकारीले बिन्जेलमा १४ औं साधारणसभा र तीज बिशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमाम गाउँपालिका उपाध्यक्ष सरु लामा, स्थानीय जनप्रतिनिधी, समाजसेबि, पत्रकार, सेयर सदस्यलगायतको उपस्थिती रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com