भदौ १७ । नेपाल आयल निगमले फेरि डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन नगरेको निगमले मुल्य बढेर आउनासाथ नयाँ सूची सार्वजनिक गरेको छ । यसअघि मुल्य घटेर आउँदा निगमले मुल्य समायोजनामा भने अटेरी गरेको थियो ।
नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको मुल्य लिटरको १७८ रुपैयाँ पुगेको छ ।
पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com