भदौ १७ । आमूल परिवर्तन मसिहा पार्टीको भातृ संगठन मसिहा महिलाले प्रदेश भेला गरेको छ । झापाको बिर्तामोडमा भएको भेलाले आगामी चुनावमा पार्टीलाई कसरी सहयोग गर्ने र महिलाको प्रतिनिधित्वबारे रणनीति तय गरेको छ । पार्टीका केन्द्रिय अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्यतामा भएको भेलाले आगामी मंसीर ४ गतेको चुनावमा महिलालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । साथै, भेलामा अध्यक्ष गिरीले प्रशिक्षण दिएका थिए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष गिरीले आमूल परिवर्तन पार्टी अब सक्रिय रुपमा अघि बढिसकेको र अबको चुनावमा आफ्नो पार्टीले केही क्षेत्रहरुमा उम्मेदवारी समेत दिने बताए । उनले भने, ‘पार्टीका सवै नेता कार्यकर्ता तथा भातृ संगठन आउँदो चुनावमा मसिह पार्टीलाई जिताउने अभियानमा जुट्न जरुरी छ, यो पटकको चुनावमा सरकारमा हाम्रो पनि सहभागिता हुनुपर्छ ।’
भेलामा चुनावी रणनीति र पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो । भेलाले प्रदेश एकको महिला ईन्चार्ज समेत तोकेको छ ।
पछिल्लो समय आमूल परिवर्तन मसिह पार्टी संगठन विस्तारमा सक्रिय बनेको कोषाध्यक्ष सोमनोर्बु शेर्पाले बताए । उनका अनुसार अहिले पार्टी अध्यक्षसहित केन्द्रिय नेताहरु जिल्ला र प्रदेशमा संगठन विस्तारको दौडमा छन् ।
आगामी चुनावमा मसिह पार्टीले केही क्षेत्रमा उम्मेदवारी दिने तयारी समेत गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com