भदौ १७ । आमूल परिवर्तन मसिहा पार्टीको ललितपुर जिल्ला ईन्चार्जमा सपना महर्जनलाई चयन गरिएको छ । पार्टीका उपाध्यक्ष शुशिला बेघा, उपाध्यक्ष दिल्ली चौँलागाई, कोषाध्यक्ष सोमनोर्बु शेर्पालगायतको उपस्थितीमा आज ललितपुरको एकान्तकुनामा भएको एक भेलाले महर्जनलाई अध्यक्षमा चुनेको हो । भेलाले २१ सदस्यीय जिल्ला समिति बनाएको छ ।
यस्तै, पार्टीले आगामी चुनावको लागि जिल्लामा उम्मेदवारी छनोटको जिम्मेवारी जिल्ला समितिलाई नै दिएको छ ।
भेलाले आगामी दिनमा पार्टी संगठन विस्तारका लागि जिल्ला समिति सक्रिय हुने र सवै पालिकामा पार्टीको संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय आमूल परिवर्तन मसिह पार्टी संगठन विस्तारमा सक्रिय बनेको कोषाध्यक्ष शेर्पाले बताए । उनका अनुसार अहिले पार्टी अध्यक्षसहित केन्द्रिय नेताहरु जिल्ला र प्रदेशमा संगठन विस्तारको दौडमा छन् ।
आगामी चुनावमा मसिह पार्टीले केही क्षेत्रमा उम्मेदवारी दिने तयारी समेत गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com