भदौ १७ । केन्याविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ७ विकेटले विजयी भएको छ । आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २१८ रन बनाएको थियो । जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com