भदौ १८ । आमूल परिवर्तन मसीहा पार्टीले खोटाङमा जिल्ला भेला गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्यतामा रुपाकोटमझवागढी नगरपालिका स्थित पाथेकामा जिल्ला भेलाको आयोजना गरिएको हो । चुनाव नजिकिएसँगै मसिहा पार्टीले चुनावी रणनीति बनाउन तथा संगठन विस्तारका कामलाई तिब्रता दिएको छ । सोही क्रममा खोटाङमा पनि भेला गरि संगठन विस्तारका लागि जिल्ला नेतृत्वलाई जिम्मेवारी दिइएको छ ।
जिल्ला संयोजक चन्द्रमनी राईको संयोजकत्वमा भएको भेलामा पार्टीका प्रदेश १ अध्यक्ष मन खुदाङसहित पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षण समेत दिएइको छ । प्रशिक्षण दिँदै पार्टी अध्यक्ष गिरीले भातृ सङगठन सबैलाई सशक्त रुपमा आफ्नो काम कर्तव्य पूरा गर्न निर्देशन दिएका छन् ।
यस्तै, प्रदेश १ अध्यक्ष मन खुदाङले भेलालाई सम्बोधन गर्दै प्रदेश नम्बर १ बाट आगामी चुनावमा आफ्नो पार्टीलाई प्रतिनिधिसभा वा समानुपातिकमै भएपनि प्रतिनिधित्व गराइने दावी गरे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com