भदौ, १८ । नेपाली कांग्रेस धादिङ प्रदेश क्षेत्र नम्बर २ ‘क’ ले सरोज अधिकारीलाई प्रदेश सांसदको उम्मेदवारका लागि सिफारिस गरेको छ । महाधिवेशन प्रतिनिधि समेत रहेका अधिकारीलाई प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश २ ‘क’ मा प्रत्यक्ष निर्वाचन लड्न सिफारिस गरेको हो ।
लामो समय पत्रकारीतामा रहेका अधिकारी पछिल्लो समय जिल्लाको विकास निर्माणको काममा क्रियाशील छन् । २०५७ सालमा नेपाल विधार्थी संघ नीलकण्ठ स्कुलको अध्यक्ष हुँदै राजनीति सुरू गरेका अधिकारी नेपाल प्रेस युनियनको पुर्व केन्द्रीय कोषाध्यक्ष हुन् । अधिकारीले कांग्रेस पार्टीको केन्द्रीय प्रचार समितिहरूमा रही काम गरिसकेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com