भदौ, २० । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकालाई ‘ट्रान्जिट सिटी’ को रुपमा विकास गरिने भएको छ । चिनबाट नजिकको नगरपालिका भएकोले बाह्रबिसेलाई ‘ट्रान्जिट सिटी’ को रुपमा विकास गर्ने योजना बनाइएको हो ।
सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाको पहलमा सोही नगरपालिकालाई भौतिक पूर्वाधार र व्यवस्थित सूचना प्रविधियुक्त पूर्वाधारसहितको ‘ट्रान्जिट सिटी’ बनाउने योजना अघि सारिएको सभामुखको सचिवालयले जनाएको छ । जसका लागि डिपिआर गर्ने कार्यलाई तत्काल अघि बढाउन शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक नारायणप्रसाद भण्डारी, सिनियर डिभिजनल इन्जिनियर महेशबहादुर सिंह, सभामुखको सचिवालयलगायतको टिमले आइतबार प्रारम्भिक स्थलगत अनुगमन गरेका छन् ।
‘ट्रान्जिट सिटी’ का लागि भौतिक पुर्बाधार अन्तर्गत पालिकामा रिङ रोड बनाइने र उक्त रोडलाइ जोड्ने प्रत्येक वडा स्तरिय रोड बनाउने, शैक्षिक निकायसम्म पुग्ने सडक बनाइने, ब्यबस्थित बसपार्क, ट्रस्पोरेशन स्थल लगायत ब्यापारीक केन्द्र निर्माण गर्ने गरि योजना बनाइएको छ ।
यस्तै, ‘ट्रान्जिट सिटी’को योजनाअनुसार पर्यटन क्षेत्र अन्तर्गत नगरभित्रको धार्मिक स्थलको ब्यबस्थापन, होम स्टेको ब्यबस्था, नयाँ सहासिक खेललगायत स्तरीय होटलहरु निर्माण गर्ने गरि काम अघि बढाइने छ ।
यस्तै, ‘ट्रान्जिट सिटी’ निर्माणका लागि कृषिको पकेट क्षेत्र निर्धारण गर्ने र बजारीकरणको लागि तरकारी लगायत खाध्यन्न बजार स्थापना गरिनेछ भने नगरपालिका भित्रको सबै कृयाकलापलाई प्रबिधि मैत्री बनाइनेछ । चिनबाट नजिकको नगरपालिका भएकोले अन्तराष्टृय ब्यपारिक केन्द्र निर्माण गरिने बताइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com