भदौ, २२ । आगामी मंसीरमा ४ मा हुने चुनावका लागि आमुल परिवर्तन मसिह पार्टीका अध्यक्ष भरत गिरी सक्रिय बनेका छन् । यो पटकको चुनावमा आफ्नो नेतृत्वमा रहेको पार्टीलाई प्रतिनिधिसभा वा प्रदेशसभा तथा समानुपातिकमै भएपनि सहभागि गराउने उद्धेश्यसहित अध्यक्ष गिरी चुनावी तयारीमा जुटेका हुन् । गएको हप्तायता अध्यक्ष गिरी प्रदेश नम्बर एकका जिल्लामा संगठन विस्तार र चुनावी तयारीको दौडमा छन् ।
उनी आज ताप्लेजुङमा भएको भेलामा सहभागि बने । ख्रीस्टमा आस्था राख्ने जिल्ला भरिका अगुवा पास्टरहरुको भेलाले आगामि चुनावमा आमुल परिवर्तन मसिह पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भेलामा बोल्दै अध्यक्ष गिरीले आउँदो चुनावमा मसिह पार्टीलाई सरकारमा प्रतिनिधित्व गराउनका लागि सहयोग गरिदिन आग्रह गरे । भेलामा पार्टीका केन्द्रीय सदस्य दिल तामाङ, झापा जिल्ला अध्यक्ष दिल बहादुर तामाङ, उपाध्यक्ष भुमि तामाङ, नेता धन बिक्रम इवाराम लगायतको उपस्थिती रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com