भदौ, २३ । सेयर बजारमा आज पनि सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक २.२३ अंकले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । आइतबार बढेको शेयर सोमबारदेखि घटेको थियो । नेप्से लगातार चौथो कारोबार दिन आज पनि गिरावट भएको हो । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही सुधार भएर अर्ब नाघेको छ । आज ३४ लाख १ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड ४४ लाख ४१ हजारको कारोबार भएको छ ।
नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएको छ । तर, बैंकिङ, जीवन बीमा, अन्य लगायतको उपसूचकमा भने गिरावट भएको छ । कुल १८८ कम्पनीको सेयर कारोबार भएकोमा ११७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ६१ कम्पनीको सेयर मूल्यमा गिरावट हुादा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com