भदौ, २६ । नेपाल मार्शल सेल्फ डिफेन्स संघले अन्तराष्ट्रिय सम्मेलन गर्दैछ । संघले काठमाण्डौमा हिजोदेखि सुरु गरेको महिला हिंसाविरुद्ध आत्मरक्षा तालिम तथा अन्तराष्ट्रिय सम्मेलन आगामी २९ गतेसम्म संञ्चालन हुने जनाएको छ । यसअघि पनि संघले दुई पटक अन्तराष्ट्रिय सम्मेलन गरिसकेको छ । यो तेस्रो सम्मेलन हो । सम्मेलनमा सय जनासम्म प्रशिक्षकहरु र तीनसय जनाको हाराहारीमा प्रशिक्षार्थी रहेका संघका अध्यक्ष डाकबहादुर रानापालले जानकारी दिए । उनकाअनुसार नेपालमा घरेलु तथा लैंगिक हिंसा रोक्ने र महिलाहरुको आत्मबल बढाउने उद्धेश्यले यो सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनमा पोल्याण्डका ग्राण्ड मास्टर स्टानिस ल, भारतका जगदिससिंह र नेपालका चिफ कोच सन्जु महर्जनको उपस्थितीमा प्रशिक्षण दिइदैछ ।
संघले स्थापनाको ७ वर्षको अवधिमा नेपालमा राष्ट्रिय खेलकुद परिषद्सँष् आवद्ध रहि खेलकुदलाई सहयोग पुग्ने काम गरिरहेको छ भने नेपाली महिला तथा किशोरीहरुमा आत्मविश्वास अभिबृद्धि र आत्मबल बढाउनका लागि सेल्फ डिफेन्सका विभिन्न कामहरु गर्दै आएको छ ।
नेपालमा २०७९ जेठमा ओरेक नेपालले प्रकाशित गरेको तथ्यांकअनुसार ५० प्रतिशत महिलाहरु घरेलु हिंसाको सिकार हुन पुगेका छन् । १७ प्रतिशत महिला र बालिका बलात्कार भएका छन् । यसै तथ्यांकलाई हेरि संघले महिलालाई आत्मरक्षा गर्न तथा घरेलु हिंसा कम गर्न सामाजिक काम गर्दै आएको अध्यक्ष रानापालले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com