भदौ, २६ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान जारी छ । महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो ।
अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा महानगरले डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भ¥याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगरपालिकाले जनाएको छ । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com