असोज, १ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा सिन्धुपाल्चोकको जिम्मेवारी रेशम स्याङ्बोले पाएका छन् । शुक्रबार चौतारामा भएको चौंथो जिल्ला भेलाबाट रेशम स्याङ्बो अध्यक्षमा चयन भएका हुन् । भेलाले स्याङ्बोको नेतृत्वमा ५१ सदस्य कार्यसमिति चयन समेत गरेको हो । नेकपा (माओवादी केन्द्र) को जातीय मोर्चाको रुपमा रहेको उक्त संगठनको उपाध्यक्षमा बीरमान तामाङ, कृष्णजंग तामाङ, तिर्थ वाइबा तामाङ, परिमाया तामाङ चयन भएका छन् । सचिवमा कालिप्रसाद लामा, सहसचिवमा फुर्वा तामाङ र गणेशबहादुर तामाङ चयन भएका अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिलन लामाले जानकारी दिए ।
भेलामा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, केन्द्रीय सदस्य लालकान्छा तामाङ अमृता नेपाल, वागमती प्रदेश कमिटी सचिवालय सदस्य चन्द्रबहादुर थापा, जिल्ला पार्टी संयोजक गोविन्द पराजुलीलगायतको सहभागिता रहेको थियो । भेलालाई सम्बोधन गर्दै उनीहरुले आउँदो चुनावमा पार्टीलाई सहयोग गर्न र आग्रह गरे ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाउँमा बसोबास गर्ने तामाङ समुदायको उपस्थिति रहेको थियो भने मौलिक सांस्कृतिक प्रस्तुती समेत प्रदर्शन गरिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com