असोज, ३ । रौतहटको चन्द्रपुर ४ निवासी फणिदेव महत यतिबेला रोगसँग लडिरहेका छन् । उपचार गर्दै जाँदा उनलाई ब्रेन टुयूमर भएको थाहा भयो । हाल उनी काठमाडौंमा बसेर उपचार गराइहेका छन् । महतलाई लागेको थिएन कि, आफुलाई जटिल रोग लाग्ला भनेर । बिरामी भएर अस्पताालमा हुनु उनका लागि सुखद् कुरा होईन तर, सिटिजन लाईफ ईन्श्योरेन्सले घातक रोग वापतको पैसा दिएपछि उनलाई उपचार गर्न केही सहज भएको छ । उनले यसअघि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा ५ लाख बराबरको विमाङ्क राखेर जिवन विमा गरेका थिए । विमा गरेर ४ किस्ता प्रिमियम बुझाए पछि उनि विरामी परे ।
इन्स्योरेन्सले बिमितको २० वटा प्राण घातक रोगको उपचार गर्ने उत्कृष्ट पोलेसी राखेको छ । सोहिअनुसार महतोले आफुले गरेको जिवन बिमामा ब्रेन ट्युमर रोगको उपचार खर्च पाउने भएपछि निवेदन दिएका थिए । कम्पनिमा रोग पहिचान भएको कागजपत्रसहित निवेदन प्राप्त भएपछि प्रकृया पुरा गरि विमितको घर मै पुगेर चेक हस्तानतरण गरेको इन्श्योरेन्सका एजेन्सी मेनेजर सुरेश बाबु जमरकट्टेलले जानकारी दिए ।
सिटिजन लाईफ इन्श्योरेन्स श्वयम्भु क्षेत्रका म्यानेजर बिष्णुप्रसाद सापकोटा, श्वयम्भु शाखा प्रमुख कल्पना कार्कीसहितको टिम उनी बस्ने काठमाडौ सितापाईला स्थित नातेदारको घरमै गएर चेक दिएका हुन् । उनले घातक रोगको सुबिधा बापत इन्श्योरेन्सले ४ लाख ८४ हजार ८ सय ६२ रुपैयाको चेक पाएका छन् । जसले गर्दा उनलाई उपचार गर्न केही सहयोग मिलेको छ । आफु प्राणघातक रोगले थला परेर बसेका बेला शिघ्र स्वास्थ्य लाभको कामना सहित चेक लिएर घर मै आएकोले विमा गर्नु आफु र आफ्नो परिवारको लागि अपरिहार्य रहेको महतले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com