असोज, २२ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी चुनावमा युवा पुस्ताका नेतालाई अवसर दिएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीबाट सिफारिस भएका सभामुख सापकोटाले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आफु नलड्ने घोषणा गरेका हुन् । उनले कार्यकक्षमा पत्रकारहरूसँगको भेटघाटमा युवा पुस्तालाई अगाडि बढाउन यो पटकको चुनावमा आफु उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
सापकोटाले भने, ‘लगातार ३ पटक चुनाव जित्ने अवसर पाए, अब युवा पुस्तालाई अगाडि बढाउन आफूले यो कदम चालेको हो र म फरक भूमिकाबाटै पार्टीमा काम गर्नेछु ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com