असोज, २३ । आगामी मंसीर ४ गतेका लागि माओवादीले सिन्धुपाल्चोकमा पाएका सबै तीन सिटमा उम्मेदवारको टुंगो लगाएको छ । क्षेत्र नं. १ मा माओवादीबाट माधव सापकोटा उम्मेदवार बनेका छन् । उनी हाल नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य रहेका छन् भने सिन्धुपाल्चोकका पार्टी इन्चार्ज पनि हुन् । अहिले उनी चुनावमा लड्न लागेको क्षेत्र नं. १ सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित हुँदै आएको क्षेत्र हो । सभामुख सापकोटाले युवा पुस्तालाई अवसर दिने भन्दै उम्मेदवार नबन्ने बताएपछि माधव सापकोटाले अवसर पाएका हुन् । उनी सभामुख सापकोटाका भतिजा पनि हुन् । यो पटक माओवादीबाट सिन्धुपाल्चोकमा युवा नेताले टिकट पाएकाले आम नागरिक उत्साहित भएको स्थानीय नेताहरु बताउँछन् ।
यस्तै, प्रदेशतर्फ क्षेत्र नं. १ को (ख) प्रदेशबाट सरल सहयात्री पौडेलले टिकट पाएका छन् भने क्षेत्र न. २ (क) प्रदेशमा युवराज दुलाल उम्मेदवार बनेका छन् ।
१ (ख) बाट उम्मेदवार बनेका पौडेल माओवादी बागमती प्रदेश अध्यक्ष हुन् । २ (क) मा टिकट पाएका दुलाल बागमती प्रदेशका निवर्तमान सांसद हुन् । उनी पार्टीका पोलिट्व्यूरो सदस्य पनि हुन् । उनी बागमती प्रदेशको सामाजिक विकास मन्त्रीसमेत बनेका थिए ।
सिन्धुपाल्चोकमा काँग्रेसले भने क्षेत्र नं २ र त्यसको (ख) प्रदेश तथा क्षेत्र नं. १ (क) प्रदेश भागमा पाएको छ । क्षेत्र नं. २ मा कांग्रेसले मोहनबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com