असोज, २३ । आगामी मंसीर ४ मा हुने निर्वाचनका लागि बाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा (सुबोध)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । सुबोधले आज दिउँसो सदरमुकाम चौतारा स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।
उनी हाल नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य रहेका छन् भने सिन्धुपाल्चोकका पार्टी इन्चार्ज पनि हुन् । बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्केका सापकोटा १३ बर्षकै उमेरमा २०५१ सालमा अखिल (क्रान्तिकारी) बाल इकाई समितिमा संगठित भएका थिए ।
२०६३ माघदेखि सिन्धुपाल्चोक जिल्ला अन्तर्गत २ नं क्षेत्रीय समिति ईञ्चार्जको जिम्मेवारी सम्हालेका सापकोटा २०६५ देखि ताम्सालिङ राज्य समिति सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला सहसेक्रेटरीको भूमिकामा रहे ।
२०७१ साल असार ११ गते सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष भएका सापकोटा २०७३ सालमा पार्टी केन्द्रीय समिति सदस्य भए । २०७५ जेठ ३ गते पार्टी एकतापछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सह ईञ्चार्ज रहेका उनले २०७८ देखि नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सह ईञ्चार्जको भूमिका निर्वाह गरे ।
२०७९ बैशाखदेखि सिन्धुपाल्चोक जिल्ला पार्टी ईञ्चार्ज र २०७९ असारदेखि पार्टी पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईञ्चार्जको रुपमा कार्यरत छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com