असोज, २६ । वामपन्थी नेता तथा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आगामी चुनावमा कसैलाई सहयोग नगर्ने भएका छन् ।
गौतमले आफ्नो पार्टीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताएका हुन् ।
नेता गौतमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरूलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न भन्दै कुनैपनि पार्टीलाई समर्थन गर्ने नीति नरहेको बताएका हुन् ।
गौतमले सत्ता र विपक्षी दुवै गठबन्धनले बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावना विरुद्ध भएको बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com