असोज, २७ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । डडेल्धुरामा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस सभापति देउवा नै उम्मेदवार छन् ।
सातौंपटक यस क्षेत्रबाट उम्मेदवार बनेका उनले चुनावमा सात प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको छ । नेकपा एमालेले भने नेपाली कांग्रेस (बीपी) का उम्मेदवारलाई सघाउने गरी डडेल्धुरामा आफ्नो उम्मेदवारी दिएको छैन ।
देउवाको प्रतिस्पर्धीका रुपमा कांग्रेस (बीपी) बाट कर्णबहादुर मल्ल उम्मेदवार छन् । यहाँ जसपा नेपालबाट श्याम सिनाल, राप्रपाबाट गोविन्द खडायत उम्मेदवार छन् । डडेल्धुरामा चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा विक्रमबहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायत छन् । यस क्षेत्रबाट यसअघिका ६ वटा संघीय र संविधानसभा निर्वाचनमा देउवा विजयी हुँदै आएका छन् ।रातोपाटी
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com