असोज, २८ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ ले अव्यवस्थित तार तथा जिर्ण बनेका पोलहरु हटाउने अभियान थालेको छ । अध्यक्ष शम्भु भट्टराईले वडामा विजुली तथा इन्टरनेटका तारहरु अव्यवस्थित रहेकाले व्यवस्थित बनाउने अभियान असोज पहिलो सातादेखि थालिएको बताए ।
उनले भने, ‘बुढानिलकण्ठ नगरपालिलाई व्यवस्थित शहर बनाउने अभियान वडा नम्बर १२ बाट थालेका छौँ, सोही अभियानमा स्थानीय, नागरिक समाज, महिला समूहलगायत सम्बन्धित पक्षको सहयोग छ तर नेपाल टेलिकम र ईन्टरनेटका कम्पनीहरुले भने असहयोग गरे । हामी अभियानलाई भने निरन्तरता दिन्छौँ ।’ अव्यवस्थीत तार तथा पोल हटाउने अभियानलाई चुनावपछि तिब्र गतिमा अघि बढाइने उनको भनाई छ ।
वडामा काम गरिरहेका टेलिकम तथा इन्टरनेटका कम्पनीहरुलाई करको दायरामा ल्याइ समन्वय गर्ने वडा अध्यक्ष भट्टराईको योजना छ । उनले भने, ‘अहिले वडामा २२ वटा इन्टरनेटको कम्पनीले काम गरिरहेका छन्, तर एउटा मात्रै कम्पनी व्यवसायका लागि दर्ता गरेर सञ्चालनमा रहेको छ । बाँकी कम्पनीहरुलाई पनि करको दायरामा ल्याउने प्रयास गरिने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com