२ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिाकार्जुन खड्गे विजयी भएका छन् । अर्का नेता शशी थरुरलाई भारी मतान्तरले पछाडि पार्दै खड्गे निर्वाचित भएका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार बुधबार सार्वजनिक मत परिणामअनुसार खड्गेले ७ हजार ८९७ मत ल्याए भने थरुरले करिब १ हजार ७२ मत मात्रै प्राप्त गरे । निर्वाचनमा खसेका कुल ९ हजार ३८५ मतमध्ये ४ सय १६ मत रद्द भएको समाचारमा जनाइएको छ ।
परिणाम सार्वजनिक भएसँगै थरुरले एक विज्ञप्ति जारी गर्दै खड्गेलाई बधाइ दिएका छन् । ‘कांग्रेसको अध्यक्ष हुनु ठूलो सम्मान र जिम्मेवारी हो । म उहाँको सफलताको कामना गर्दछु । मेरो लागि हजारभन्दा बढी सहकर्मीहरूको समर्थन प्राप्त हुनुु पनि महत्वपूर्ण हो’, थरुरले भनेका छन् ।
भारतीय कांग्रेसको नेतृत्व २४ वर्षपछि गान्धी परिवारभन्दा बाहिर गएको छ । सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।onlinekhabar
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com