कार्तिक, २० । सिन्धुपाल्चोक जिल्ला, निर्वाचन क्षेत्र नं १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । चुनावी प्रचारका लागि क्षेत्र नम्बर एकका गाउँबस्ती पुगेका ‘सुबोध’लाई आम नागरिकले भव्य स्वागत गरिरहेका छन् ।
नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रहेका उनी सरल स्वभाव, स्पष्ट अडान र भिजन भएका युवा नेताका रुपमा चिनिन्छन् । जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय गर्दै निरन्तरत सक्रिय सुबोधलाई आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारका रुपमा पाएपछि सिन्धुका गाउँ बस्तिमा खुसी छाएको छ । चुनावी अभियानका कार्यक्रममा सुबोधलाई स्थानीयले ‘आशा र विश्वास’का युवा नेता भनेर सम्बोधन गरिरहेका छन् ।
अहिलेसम्म सुबोधले साझा उम्मेदवारको रुपमा बलेफी, जुगल, सुनकोसी, बाह्रबिसे, भोटकोसी लगायतका गाउँबस्तीमा पुगेर नागरिकका गुनासा सुन्ने काम गरिसकेका छन् । ती बस्तीहरुमा सुबोधको क्रेज हेर्दा लोभलाग्दो छ । उनको हरेक कार्यक्रममा नागरिकलाई गर्ने सम्बोधन चाखलाग्दो र मिठो छ । किनकी उनी अरु नेतालाई आरोप लगाउने र झुठा आश्वासनका भाषण गर्दैनन् ।
जित पछि जताकै बीचमा बसेर योजनाका खाका बनाउने बाचा गरिरहेका छन् । आफू अहिले र जित पछि पनि उस्तै व्यवहार गर्ने प्रतिवद्धता जनाइरहेका छन् ।
सहज पहुँच, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, सबैको काम गर्ने उनको बानीले सुबोधलाई जिल्लाबासी युवादेखि बृद्धहरुले दशक अघिदेखि नै बैकल्पिक नेतृत्वका रुपमा स्वीकार गर्दै आएका छन् । यसपटक उनलाई उम्मेदवारका रुपमा पाउँदा मतदाताले घर आँगनमा स्वागत गर्दै हौसला बढाइरहेका छन्, उर्जा प्रदान गरिरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com