कार्तिक, २० । सुनकोसीका स्थानीयले लोकतान्त्रिक वाम गठबन्धनलाई नरिवल जस्तै बलियो बनाउने उद्घोष गरेका छन् ।
गठबन्धनका साझा उम्मेदवारहरु माधव सापकोटा सुबोध, सरल सहयात्री र गठबन्धन दल आवद्ध दलका नेताहरुसँगको भेटघाट एवं छलफलमा स्थानीयले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पुरानाकोट गाँउ , अदुवाबारी, डाँडागाउँ, तिनघरे, जामुने, रैकर डाँडा र तित्रेमा शनिबार मतदाता भेटभाट, कोणसभा एवं अन्तरक्रिया गरेका गठबन्धनका उम्मेदवारले आइतबार यमुनाडाँडा, सुनखानी, रतनकोट टिम्मुरेलगायतका क्षेत्रमा घरदैलो, मतदाता भेटघाट एवं कोणसभा आयोजना गरेका थिए ।
सबै उमेर समुहका नागरिकको उपस्थिति, उम्मेदवारहरुलाई भव्य स्वागत एवं शुभकामना दिने सुनकोसीको दृश्यले उम्मेदवारहरुलाई हौसला थपेको देखिन्थ्यो । सुनकोसीका बारेमा बाहिर नकारात्मक प्रचार गर्न खोजिएको पाइयो, हामी एकतावद्ध छौं, भेटघाटमा अधिकांसले यसै गरी सुनाइरहेका थिए ।
सुनकोसी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवण कुमार जिसिले कोणसभाहरुलाई सम्बोधन गर्दा सुबोध र सरललाई पालिकाबाट ७० प्रतिशत मत खसाल्ने प्रतिवद्धता व्यक्त गरे । कांग्रेसका नेता कार्यकर्ता उम्मेदवारहरुलाई चिनाउँदै हिंडेका थिए । चर्चीत तेक्वान्दो खेलाडी प्रेम भण्डारी, वाइसिएल, तरुणदलका कार्यकताहरुको बाक्लो उपस्थितिले सुनकोसीमा गठबन्धनको बलियो उपस्थिति स्पष्ट देखिन्थ्यो ।
स्थानीय निर्वाचनमा भएको गठबन्धनलाई पुरानो कुरा विर्सेर अघि बढ्ने अठोट गरेका गठबन्धनले सुनकोसीबाट नयाँ सन्देश दिने बाचा गरे । मतदाताले विगत विर्सेर मतदान गर्छौं भनिरहँदा संघीय संसदका लागि उम्मेदवार माधव सापकोटा सुबोध सबैलाई समेटेर लैजाने, साझा प्रतिनिधि भएर काम गर्ने एवं अधुरा कामहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका देखिन्थे । प्रदेश सभाका उम्मेदवार सरल सहयात्री पौडेल परम्परा बदल्न आएको र जनतासँगै बसेर योजना निर्माण र विकासका काम गर्ने बताइरहेका भेटिन्थे । कांग्रेस र माओवादीका कार्यकर्ताबीच भएको अन्तरघुलनले सुनकोसीमा गठबन्धनको बन्धन अझ कसिलो बनेको स्पष्ट देखिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com