कात्तिक, २३। साताको चौथो दिन बुधबार सेयर बजारमा २ प्रतिशतको उच्च गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ३९.१५ अंकले गिरावट भएर १९१७.२२ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ४।७३ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा उच्च गिरावट भएपनि कारोबार रकम भने बढेको छ । सोमबार २ अर्ब नाघेको कारोबार रकम मंगलबार १ अर्ब ५ करोडमा झरेको थियो । तर, बुधबार भने बढेर १ अर्ब ४० करोड नाघको छ । ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजारको कारोबार भएको छ ।
जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाख २८ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ८ लाख ४९ हजार र हिमालयन डिस्टिलरीको ५ करोड १० लाख ११ हजारको कारोबार भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com